जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सनराइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

सनराइज बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग तथा बैंकका प्रदेश १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा,४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।

6810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका