जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिवराज श्रेष्ठलाई सरकारको क्लिन चिट

शिवराज श्रेष्ठलाई सरकारको क्लिन चिट

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

डेपुटी गर्भनर श्रेष्ठमाथि लागेको आरोप पुष्टि नभएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउँदै श्रेष्ठमाथि छानबिन भएको र केहीपनि नपाइएको भन्दै श्रेष्ठले सफाइ पाएको बताए ।

डेपुटी गभर्नर श्रेष्ठलाई वित्तीय क्षेत्रमा अराजकता निम्त्याउन सहयोग गरेको आरोप लागेपछि कार्तिक १८ गते राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा सदस्यहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।

राष्ट्र बैंकका संचालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको समितिमा राष्ट्र बैंकका संचालकद्वय रामजी रेग्मी र सुबोधलाल कर्ण सदस्य थिए । पौडेल संयोजकत्वको टोलीले श्रेष्ठलाई सरकारले लगाएको आरोपमा दोषी किटान गरेको थियो । त्यसपछि सरकारले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा श्रेष्ठले आफु दोषी नभएको स्पष्टिकरण बुझाएका थिए ।

9360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?