जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंक कर्जा विस्तारमा आक्रमक

एनआईसी एशिया बैंक कर्जा विस्तारमा आक्रमक

एनआइसी एसिया बैंकको वित्तीय सूचकांकमा उत्साहजनक प्रगति देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा अपरिष्कृत वित्तीय विवरणले त्यस्तो देखाएको हो।

बैंकले तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल ३०२.८१ अर्ब निक्षेप संकलन गरेर २७४.७४ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेको छ। उक्त अवधिमा बैंकले ९ लाखभन्दा बढी नयाँ खाताहरू थपेको छ। हाल ३७ लाख भन्दा बढी खाताहरू मार्फत बैंकले सेवा प्रवाह गर्दैछ। तेस्रो त्रैमाससम्ममा बैंकले ३.६० अर्ब रुपैयाँ खुद नाफा कामएको छ। जुन गत आर्थिक वर्षको तुलनामा २० प्रतिशत बढेको हो।

समीक्षा अवधिमा बैंकको पुँजीगत प्रतिफल २१.४३ प्रतिशत छ। जुन २७ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ।नाफा बढेसँगै बैंकको वार्षिक प्रति सेयर आम्दानी पनि बढेको छ। तेस्रो त्रैमाससम्ममा बैंकको प्रति सेयर आम्दानी ४१.९४ छ। २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

कोभिड-१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्‍यो। बैंकले निष्क्रिय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान छ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका