जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • तरलता अभाव हटाउन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो

तरलता अभाव हटाउन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता संकट समाधानको लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपो मार्फत तरलता पठाउने गर्दछ । 

हाल बैंक तथा वित्तीय संस्थामा तरलता देखिएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने संकेत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो । 

केन्द्रीय बैंकले आज १७ गते बिहीबारे देखि ७ दिनको रिपो जारी गर्ने सूचना बुधवार प्रकाशित गरेको हो। अब बैंकहरुले सो रिपो मार्फत पैसा लिने ब्याजदरको बोल कबोल मार्फत आवेदन दिन सक्ने छन्। राष्ट्र बैंकले बैंकहरुलाई रिपो मार्फत तरलता पठाउँदा न्यूनतम ५ प्रतिशतलाई न्यूनतम आधार विन्दु मानेर त्यो भन्दा माथि ब्याज कबोल गर्ने बैंकहरुलाई उक्त रकम उपलब्ध गराउँछ । 

सरकारले विगत डेढ महिनादेखि राजश्व संकलन मात्र गर्ने तर खर्च भने नगर्ने गर्दा गरेको कारण बैंकहरुसंग तरलता अभाव हुन थालेको हो। पछिल्लो समय  बैंकहरुमा सिडी रेसियो कायम गर्न तरलता अभाव भएको उनीहरूले बताउँदै आएका थिए। त्यो अभाव बढेर बैंकको ब्याजदर नै बढ्ने समा पुग्ने देखिएपछि राष्ट्र बैंकले रिपो जारी गरेको हो। 

उद्योगी व्यवसायीले आर्थिक वर्षको अन्त्यमा सरकारलाई करको रूपमा ठुलो रकम बुझाउने गर्दछन् । यस वर्ष समेत त्यस्तै भयो तर सरकारले खर्च भने गर्दै गरेन। तथ्याङ्कले के देखाउँछ भने साउन महिनामा एक सय ५ अर्ब ९३ करोड राजश्व सङ्कलन हुँदा संघिय सरकारी खर्च १० अर्ब ४९ करोड मात्र भएको छ । जसअन्तर्गत चालू खर्च ९ अर्ब ५६ करोड हुँदा बैंकहरुमा तुरुन्त निक्षेप हुनसक्ने रकम अर्थात् पुँजीगत खर्च भने जम्मा ९४ करोड मात्रै भएको देखिन्छ । अझ वित्तीय व्यवस्था तर्फको खर्च भने साउन महिनामा शून्य नै रहेको देखिएको छ । 

राजश्व सङ्कलन तर्फ कर राजश्वबाट साउन महिनामा ७६ अर्ब १९ करोड सरकारी ढुकुटीमा थपिएको छ भने गैर कर राजश्व तर्फका रुपमा १७ अर्ब ७ करोड सङ्कलन भएको छ । यसरी राज्यको ढुकुटीमा ठुलो रकम थन्किनु र बजारमा नआउनुले गर्दा बैंकहरुलाई समस्या परेको तथ्याङ्कले देखाउँछ । 

सामान्यतया सबै काम ठप्पै हुँदा पनि दैनिक एक अर्बको हाराहारीमा अनिवार्यरुपमा खर्च हुन्छ। तर, त्यसरी स्वचालितरुपमा हुनै पर्ने र हुने खर्च समेत रोकिदा साउन महिनामा साढे १० अर्ब मात्र खर्च भयो । परिणमस्वरुप अहिलेको अवस्था देखा पर्‍यो ।

4855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?