जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिभिल लघुवित्तले बढायो नाफा  

सिभिल लघुवित्तले बढायो नाफा  
 सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड २६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.०२% ले बढी हो ।
गत वर्ष यसैअवधिमा यस संस्थाले १ करोड १६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।  सिभिलको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख ३९ हजार रुपैयाँबाट बढेर ५ करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने घटेको छ । गत वर्ष १ करोड ८२ लाख ८३ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ९३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।  चैत मसान्तसम्म आइपुग्दा यसको खराब कर्जा १.३७% ले बढेर २.६६% पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ ८२ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ६० पैसा रहेको छ
10945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका