जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बजेट आउनु अगाडी नै गोप्य सूचना चुहावट गर्ने अर्थमन्त्रालयका भ्रष्ट कर्मचारी को हुन्ः अब यसको उत्तर अर्थमन्त्री डा. खतिवडाले दिने कि ?

बजेट आउनु अगाडी नै गोप्य सूचना चुहावट गर्ने अर्थमन्त्रालयका भ्रष्ट कर्मचारी को हुन्ः अब यसको उत्तर अर्थमन्त्री डा. खतिवडाले दिने कि ?

नेपाल कोरोना भाईरससँग लडिरहेका बेला नेपालका भ्रष्ट कर्मचारीहरु रातारात करोडपति भएको खुलेको छ । एउटा यस्तो घटना बाहिर आएको छ । जो सुन्दै जीउ सिरिङ्ग मात्रै हुँदैन । कोरोना भाईरस भन्दा डर लाग्दो देखिन्छ ।

नेपाली जनताको रगत र पसिनाबाट आएको करबाट तलब खाने राष्ट्र सेवक कर्मचारीले नै केही समूह र व्यक्तिहरुलाई फाईदा हुने अत्यन्तै गोप्य सूचना विक्री गरि रातारात करोडपति बन्ने गरेको यस घटनाबाटै प्रस्ट भएको छ ।

भनिन्छ अर्थमन्त्री डा. युवराज खतिवडाले १५÷१६ दिन १२÷१५ घण्टा बिस्कुट र पानी खाएर रात दिन नभनि बनाएको बजेट लेख्न अर्थमन्त्रीका विश्वास पात्र अर्थमन्त्रालयका एक सह–सचिवले एउटा गोप्य सूचनालाई विक्री गरि करोडौ कमाएको खुलेको छ ।

बजेट मार्फत सरकारले विजुलीबाट चल्ने साधनको आयातमा १० प्रतिशत रहेको भन्सारलाई बढाएर ४० प्रतिशत बनाउँदै थप ४० प्रतिशत देखि ८० प्रतिशतसम्म अन्त शुल्क, १३ प्रतिशत मुल्य अभिबृद्धि कर र थप ५ प्रतिशत सडक कर (दस्तुर) लगाउने निर्णय ग¥यो । यो सूचना अर्थमन्त्रालयकै एक कर्मचारीले विशाल गु्रपका मालिकलाई विक्री गरेपछि विशाल ग्रुपले आफ्नो सहयक कम्पनी पारामाउण्ट मोटर्स प्रा.लि.बाट लकडाउनकै बेला १७५ वटा एमजी मोटर विद्युतिय कार रातारात १० प्रतिशत भन्सारको रसिद काटेर नेपाल भित्र्याको खुलेको छ ।
अर्थमन्त्रालयका एक भ्रष्ट सह–सचिवको फोन विशाल ग्रुपका मालिकको फोनमा पुगेपछि रातारात भारताट १७५ वटा एमजी गाडी विद्युतीय सवारी साधन (कर) नेपाल आइपुगेको खुलेको हो । ठिक बजेट आउने अघिल्लो दिन ती गाडी नेपाल ल्याइएको अर्थमन्त्रालयकै एक उच्च कर्मचारीले आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा बताए ।

भनिन्छ खान नपाएर लकडाउन कै बेला २÷३ जनाले ज्यान गुमाएको समाचार पढ्न र हेर्न पाइन्छ तर, कोरोना भाईरस बीच नै घरमै बसी एउटा गोप्य सूचनाको आधारमा अर्बै कमाउने यी व्यापारीलाई कसले पो के गर्न सक्दछ र हाम्रो नेपालमा अर्थमन्त्री ज्यू ?

विशाल ग्रुपको सहायक कम्पनी पारामाउण्ट मोटर्स प्रा.लि. मार्फत ती गाडी नेपाल आएका छन् । यस कम्पनीका पार्टनर नेपाल उद्योग वाणिज्य महासंगका पूर्व अध्यक्ष पशुपति मुरारका समेत रहेको खुलेको छ ।

नेपालमा बजेट आउनु अगाडी ५२ लाख ५५ हजार ९ सय पर्ने गाडी अहिले १ करोड १० लाख हाराहारी मुल्य पर्दछ ।
अबको एमजी मोटरको मुल्य १ करोड १० तल माथी पर्ने देखिन्छ । एउटा सूचना चुहावट हुँदा राज्यलाई करोडौ राजश्व हानी भयो भने गाडी किन्ने ग्राहकलाई चाहि ५० प्रतिशत भन्दा बढि भार थपिएको देखिन्छ अर्थमन्त्री ज्यू ?

ती एक जना भ्रष्ट कर्मचारीको निजी स्वार्थका कारण विशाल ग्रुप र पशुपति मुरारकाले १७५ वटा गाडीबाट नेपाली बजारमा यो विशम र विपतका बेला करिब करिब ३ अर्ब भन्दा बढि कमाउने प्रस्टै देखिन्छ । भनिन्छ खान नपाएर लकडाउन कै बेला २÷३ जनाले ज्यान गुमाएको समाचार पढ्न र हेर्न पाइन्छ तर, कोरोना भाईरस बीच नै घरमै बसी एउटा गोप्य सूचनाको आधारमा अर्बै कमाउने यी व्यापारीलाई कसले पो के गर्न सक्दछ र हाम्रो नेपालमा अर्थमन्त्री ज्यू ?

अर्थमन्त्रालयकै कर्मचारीलाई बुझ्नु तर, पुँजीपतिहरुले सान र सोखका लागि मात्रै विद्युतीय कार प्रयोग गर्ने गरेको देखिन्छ । त्यसकारण राज्यले धनीलाई कर छुट दिनु गलत हो भनी कर बढाएको देखिन्छ नि

अर्थमन्त्री डा. युवराज खतिवडाज्यू गोप्य सूचना चुहावट गरि करोडौं कुम्ल्याउने तपाईसंगै छेउमा बसेर बजेट लेख्ने ती सह–सचिवलाई तपाईले अब कारवाही गर्ने कि संरक्षण यसको खोजी अब शुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाज्यू तपाई पानी र बिस्कुट खाएर रात दिन १५÷१६ घण्टा अफिसमै बसी बजेट बनाउने तर, तपाईकै छेउमा बसेको भ्रष्ट कर्मचारीले सूचना बेच्ने यसको उत्तर नेपाली जनतालाई अब तपाईले नदिए कसले दिने हो ?
यसबारेमा भन्सार बिभागका महानिर्देशक सुमन दाहाल भन्दछन्ः– सूचना कसले के ग¥यो मलाई थाहा छैन । त्यो अर्थमन्त्रालयकै कर्मचारीलाई बुझ्नु तर, पुँजीपतिहरुले सान र सोखका लागि मात्रै विद्युतीय कार प्रयोग गर्ने गरेको देखिन्छ । त्यसकारण राज्यले धनीलाई कर छुट दिनु गलत हो भनी कर बढाएको देखिन्छ नि ।

जे भएपनि राज्यको गोप्य सूचना व्यापारीसम्म पु¥याउने भ्रष्ट कर्मचारीको खोजी गरि तत्कालै कारवाही गर्नु पर्दछ । नत्र भोली यो संस्कारले विकराल रुप लिन पनि सक्दछ । सचेत भया ।

88485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?