जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दशैंको दक्षिणा लगानीको अवसर

अर्थ वाणिज्य

दशैंको दक्षिणा लगानीको अवसर

दशैंको दक्षिणा लगानीको अवसर

लक्ष्मी बैंकले असोज २३ गतेदेखि ‘१०% लक्ष्मी बैंक डिबेन्चर–२०८६’ को बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक १० % ब्याजदर प्रदान गर्ने जनाएको छ ।

बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कुल २ अर्ब बराबरको २० लाख युनिट निष्काशन गर्न लागेको हो । कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणमा निष्काशन हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । यसको निष्कासन बन्द छिटोमा असोज २७ र ढिलोमा कात्तिक २२ गते हुनेछ । ऋणपात्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेकोे छ ।

बैंकले निष्काशन गर्ने ’१० % लक्ष्मी बैंक डिबेञ्चर, २०८६’ को अवधि दश वर्ष रहेको छ । यस्तै लगानी गर्ने लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकमा यसअघि जारी गरेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहलाई अनिवार्य रुपमा चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले बैंकहरुमा लगानीयोग्य रकमको अभाव नुहने राष्ट्र बैंकको विस्वास छ ।

8640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?