जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इन्स्योरेन्सका अध्यक्ष र सञ्चालक नै अवैद्य र अनैतिक धन्दामा

इन्स्योरेन्सका अध्यक्ष र सञ्चालक नै अवैद्य र अनैतिक धन्दामा

नेपालको कानुन दैवले जानुन् जस्तै भएको छ । नेपालका बीमा, बैंक र वित्तिय कम्पनीहरुमा । बैंक र बीमा कम्पनीका साहु भनौ वा सञ्चालक र अध्यक्षहरुले जे पनि गर्ने सीइओहरुले गल्ती गरे जेल जानु पर्ने ? कालोबजारी देखि जुवाखाल संचालक र अध्यक्षले सञ्चालन गर्ने अनि लाखौं जनताको लगानी रहेका कम्पनीहरुमा कालो धब्बा लाग्ने अर्थमन्त्रीज्यू ?

नेपालका उच्च घरघराना र माडवाडी समूदायकै बैंक वित्तिय संस्था र बीमा कम्पनीमा हालीमुहाली छ भन्दा फरक पर्दैन । दर्जनौ बैंक र बीमा कम्पनीमा यी नै समूदाय र गु्रपका भाई, भतिजा, छोरा, नाति र आफन्ता सञ्चालक र अध्यक्ष छन् । नेपालमा यी र यस्तै संचालकहरु रातारात अर्बपति बन्न विषम र विपतको मौका छोपी जे पनि गर्न तयार छन् भन्ने कुरा को पुष्टी हुँदै गएको छ ।

भनिन्छ मरेपछि पैसा लिएर कसैले जादैन एउटा १५ रुपैया मिटरको सेतो कपडा राखी घाट पु¥याउने परम्परा र संस्कार छ । तर, नेपालमा एउटा लोटा र धोती लगाएर आएका माडवाडीहरुले कोरोना बीच भएको लकडाउनको फाइदा उठाउदै जे पनि गर्न तयार छन् भन्दा अब चाहि फरक नपर्ला ।

केही दिन अगाडी माडवाडी समूदायकै नेतृत्वमा स्थापना भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा जुवा खालबाटै पक्राउ भए उनी अझै सो कम्पनीको अध्यक्ष नै छन् अनैतिक काम गरेको पुष्टी भए पछि पद छोड्नु पर्दछ कि पर्दैन ?
आफ्नै छोरी ज्वाईको होटलमा विगत १०÷१५ दिन देखि जुवाखाल नै संचालन गरेका यी ज्योति लाईफ इन्योरेन्स कम्पनीका अध्यक्ष शर्मालाई अब पदमा बसी रहने अधिकार छैन । कम्पनीमा लाखौको शेयर छ । लाखौले बीमा लेख लिएर डिपोजिट गरेका छन् । उनीहरुको भविष्य माथी यस्ता अनैतिक र आलोचित व्यक्ति संस्थाको प्रमुख हुँदा बीमा कम्पनी प्रति कस्तो सन्देश जान्छ ? यसको उत्तर बीमा समितिका अध्यक्षज्यूसंग छ ?

अर्को यस्तै घटना भारतीय बीमा कम्पनीका सहायक नेपालको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)का संचालक अशोक कुमार अग्रवाल जुवाखालबाटै रंगेहात पक्राउ परे । यसले बीमा र बीमित प्रति कस्तो सन्देश जान्छ । यसबारे बीमा समिति बोल्नु पर्दैन ? कहाँ छ बीमा समिति ?

संचालक अग्रवालले तत्कालै राजिनामा दिनुपर्दछ कि पर्दैन ? कानुनमा सजाय पाएपछि मात्रै पद जाने लेखिए पनि नैतिकता त होला नि ? एउटा व्यक्तिका कारण सिंगो संस्थालाई कालो धब्बा लगाउने अधिकार कसैलाई छैन । पद ठूलो होइन प्रतिष्ठा र सम्मान ठूलो हो कि कसो ?
विश्व कोरोना भाईरसको महामारीबाट रोहिरहेको छ । नेपालमा ९ जनाले ज्यान गुमाएका छन् । २ हजार भन्दा बढि कोरोना भाईरस बिरुद्ध अस्पतालमा लडिरहेका छन् रोगथामका लागि ।

राज्यले विगत तीन महिना देखि देशलाई लकडाउन गरेको छ । तर, नेपालका प्रतिष्ठित भनैदाहरुनै यस्तो विषम, विपत र अप्ठ्यारो अबस्थामा कालोबजारी देखि क्यासिनो झै जुवाखाल संचालन गरि रातारात करोडपति बन्न खोज्नुले के सन्देश दिन्छ अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू ? यसको उत्तर तपाईले नै अब नेपाली जनतालाई दिने पो हो कि ?

दिनरात नभनी व्यापार बढाउन र लगानीकर्तालाई केही प्रतिफल दिन लागि परेका यी 2 कम्पनीका सीइओहरु प्रकाश विक्रम खत्री, लक्ष्मी प्रसाद दास शिर झुकेको छ । भने कम्पनीमा कालो धब्बा लागेको छ । यो दाग मेट्न र व्यापार बढाउन ठूलो मेहनत यी सीइओसाबहरुले गर्नुपर्ने देखिन्छ ।

भनिन्छ नेपालमा बाबुले जे गर्दा पनि छोराले हेरेर बस्ने परम्परा छ । यी तिन वटा बीमा कम्पनीहरुमा अध्यक्ष र संचालकले जे गरे पनि सीइओ सावहरुले चुप लागेर काम गर्नुपर्ने ? यो कस्तो परम्परा हो ?

अर्थमन्त्रीज्यूले अब चाहि बीमा र बैंकका नियमनकारी निकायका प्रमुखहरुसंग छलफल र बहस गरी जनताको लगानीबाट स्थापना भएका बीमा बैंक र वित्तिय कम्पनीका संचालक र अध्यक्षहरुको पद प्रहरीले पक्राउ गर्ने वित्तिकै जाने निर्देशिका बनाउनु पर्ने चर्को आवाज उठेको छ । नत्र अनैतिक र अवैद्य काम गर्नेहरुको कम्पनीमा जनताले पैसा राख्नु पर्ने बीमा गर्नु पर्ने कुनै जरुरी देखिदैन । सचेत भया ।

60510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका