जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सरकारको म्याण्डेट नै प्रतिनिधि सभाको निर्वाचन हो: सञ्चारमन्त्री

सरकारको म्याण्डेट नै प्रतिनिधि सभाको निर्वाचन हो: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघले आइतबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा सञ्चारमन्त्री खरेलले प्रतिनिधि सभाको निर्वाचन गराउनु नै सरकारको ‘म्याण्डेट’ भएकाले चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे।

उनले सरकार निर्वाचन गराउनेतर्फ केन्द्रित रहेको बताए। ‘सरकारको म्याण्डेट नै प्रतिनिधि सभाको निर्वाचन हो। त्यसैले हामी म्याण्डेट अनुसार नै चुनावमा केन्द्रित छौं,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलाई सरकारको आग्रह छ।’

मन्त्री खरेलले शान्तिपूर्ण रुपमा निर्वाचन गराउनका लागि सरकारले सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने बताए।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका