जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारणसभाले सहयोगी विकास बैंक प्राप्ति गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारणसभाले सहयोगी विकास बैंक प्राप्ति गर्ने प्रस्ताव पारित

सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारणसभाले सहयोगी विकास बैंक प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

बैंक सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले प्राप्ति प्रस्ताव साधारणसभामा प्रस्तुत गरेका थिए। बैंकले सबै सुरक्षाका उपाय अबलम्बन गरेर साधारणसभा गरेको जनाएको छ।

सहयोगकी १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर दिने गरी प्राप्ति प्रस्ताव अनुमोदन भएको छ। सहयोगीले पनि साधारणसभा गरेर सिटिजन्ससँग बिलय हुने प्रस्ताव पारित गरिसकेको छ। सहयोगी विलयपछि बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ। शाखा १०८ हुने छ।

चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड पुग्ने छ।

11180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका