जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने

डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने

टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने भएको छ । डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले केही साताभित्रमा डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने जानकारी दिए ।

‘एउटै विजनेशमा दुईवटा कम्पनी भएको हुँदा खर्च बढ्ने तथा लगानीकर्तासमेत एउटै भएको हुँदा डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्न लागेको हो,’ आचार्यले   भने ।

डिशहोमको २ अर्ब र प्रभु टिभीको ४० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

डिशहोममा चिनियाँ लगानीकर्तासहित आइएमई ग्रुप, सुदिप आचार्य र प्रभु ग्रुपको लगानी छ । प्रभु टिभीमा प्रभु ग्रुपको लगानी छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम मर्जरबाट नै अगाडि बढेको हो । ताररहित टेलिभिजन सेवा प्रदायक कम्पनी एकैपटक डिश टिभी र होम टिभी संचालनमा आएका थिए । एउटै उद्देश्यका लागि २ वटा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि डिश र होम टिभी मर्ज भएर डिशहोम बनेको हो ।

डिशहोमको अध्यक्ष केही वर्ष अगाडिसम्म प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन थिए । उनले डिशहोममा रहेको केही प्रतिशत सेयर बेचेर प्रभु टिभी संचालनमा ल्याएका थिए ।

तर, बजारमा खरोरुपमा प्रतिस्पर्धामा उत्रिनका लागि आफ्नोसमेत लगानी रहेको डिशहोममा एक्वाएर हुन प्रभु ग्रुप सहमत भएको हो । यसअघि डिशहोमले सिमटिभीलाई एक्वाएर गरेको थियो ।

प्रभु टिभी एक्वाएर गरेपछि डिशहोमले इन्टरनेट व्यवसायलाई आक्रामक ढंगले अगाडि बढाउने आचार्यले जानकारी दिए ।

अहिले डिशहोमा १५ लाख ग्राहक रहेका छन् । यस्तै प्रभु टिभीको डेढ लाख ग्राहक रहेका छन् ।

डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन सेवा दिँदै आएको छ । यस्तै फाइबर इन्टरनेट सेवा दिएको छ । प्रभु टिभीले पनि टेलिभिजन तथा इन्टरनेट सेवा दिएको छ ।

डिशहोमले धितोपत्र बोर्डमा आइपीओ निष्कासनको प्रक्रिया समेत अगाडि बढाएको छ । डिशहोमले प्रभु टिभीलाई एक्वाएर गर्ने भएपछि केही समयको लागि आइपीओ निष्काशन प्रक्रिया रोकिने भएको छ । एक्विजेशन प्रक्रिया सकेपछि आइपीओ निष्काशन हुने डिशहोमले जनाएको छ ।

डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमति दिएको थियो ।

प्रभु टिभीसँग एक्विजेशन प्रक्रिया सकिएपछि ग्राहकलाई सुलभ दरमा टेलिभिजन र इन्टरनेट सेवा प्रदान गर्ने आचार्यले जानकारी दिए ।

‘टेलिभिजनबाहेक डिशहोम इन्टरनेट सेवामा थप केन्द्रित हुन्छ,’ आचार्यले भने ।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका