जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सोमबारबाट शेयरबजार खुल्ले पक्का

सोमबारबाट शेयरबजार खुल्ले पक्का

लकडाउनका कारणले लामो समयदेखि बन्द रहेको शेयर बजार सोमबार बाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले सोमबारबाट कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सोमबारबाट बजार खोल्न निर्देशन दिने निर्णय भएको र सोहि अनुसार बजार खुल्ने आर्थिक बजार न्यूजडटकमसंग बताए । अध्यक्ष ढुंगाले भनेः– बजार कुन मोडालिटीमा खोल्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार नेप्सेलाई छाडेका छौं । उनले भने । मोडालिटीबारे नेप्सेले नै निर्णय गरेर लगानीकर्ताको लागि सूचना निकाल्ने विश्वास लिएको छ ।
यस अघि बोर्डले गठन गरेको अध्ययन कमिटिले बजार संचालन गर्न सकिने प्रतिवेदन पेश गरेको थियो ।
ढिलै भएपनि शेयर बजार खुल्ने भएपछि लगानीकर्ता हर्सित देखिएका छन् ।

7740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका