जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एशियन लाइफको नाफा २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ३३ अर्ब माथि

एशियन लाइफको नाफा २१ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ३३ अर्ब माथि

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १ अर्ब ६४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा ४ दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ११ करोड ७० लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ९ करोड ६२ लाख मात्र नाफामा थियो । नाफा २१ दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ ।

२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ६८ करोड ९० लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ३० प्रतिशतले घटेको छ । आ.व. ०७७/७८ को मुनाफाबाट बितरण भएको बोनस शेयर असोज मसान्तसम्ममा सूचिकृत नभएकाले कम्पनीले प्रकाशित वित्तिय विवरणमा चुक्ता पूँजीमा समावेस गरेको छैन् ।

जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष २० दशमलव ३२ प्रतिशतले वृद्धि हुँदै ३३ अर्ब ६३ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ४४ पैसा रुपैयाँ र प्रति शेयर नेट्वर्थ १३२ रुपैयाँ ९८ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले ४६ करोड ६५ लाख खुद दावी भुक्तानी गरेको छ भने ५ करोड ८८ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका