जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा

कामना सेवाको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै मिति २०७७/०३/१४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्नुहुनेछ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकमहानुभावहरुलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षे आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका