जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेसबुकबाट पैसा माग्नेबाट सचेत हुनुहोस्ः बैकर्स संघ

फेसबुकबाट पैसा माग्नेबाट सचेत हुनुहोस्ः बैकर्स संघ

नेपाल बैकर्स संघले नक्कली खाता खोली सहयोग माग्नेहरूबाट सचेत रहन आग्रह गरेको छ । पछिल्लो केही समय सामाजिक सञ्चाल प्रयोग गरी यस्ता सहयोग माग्नेहरू बढेपछि  संघले सार्वजनिक सूचनामार्फत आव्हन गरेको हो ।

विभिन्न बैंकहरूमा नक्कली खाता (अकाउन्ट) खोली अनेकौं वहानामा सहयोगको रुपमा पैसा माग्ने क्रियाकलापहरू बढेको प्रति सचेत रहन यो सूचना जारी गरिएको बैकर्स संघले जनाएको छ ।

सोसियल मिडियामा प्राप्त भएको अनुरोधको आधारमा मात्र कुनै पनि व्यक्ति÷कम्पनीको नाममा पैसा स्थानान्तरण नगर्नुहुन संघले सबैलाई आग्रह गरेको हो ।

संघद्वारा जारी सूचनामा लेखिएको छ, ‘कतिपय अवस्थामा अनाधिकृत अकाउन्टहरु छुट्टाउन ग्राहो हुने भएकोले सम्बन्धित व्यक्ति÷कम्पनीसँग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्नुहुन र यस विषयमा थप सचेत रहनु हुन अनुरोधे छ ।’

साथै, आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल÷इन्टरनेट बैंकिङ सम्बन्धी विवरणहरु, आदि समेत कसैसँग सेयर नगर्नुहुन संघले अनुरोध गरेको छ  ।

6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका