जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पैसा स्थानीय तहमा छ, अब बीमा कम्पनीहरु त्यहाँ जानुपर्छः अध्यक्ष सिलवाल

पैसा स्थानीय तहमा छ, अब बीमा कम्पनीहरु त्यहाँ जानुपर्छः अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद शिलवालले स्थानीय तहमा पैसा भएका कारण बीमा कम्पनीहरु स्थानीय तहमा जानु पर्ने बताएका छन् । आइतबार भएका हिमालयन एभरेष्ट इन्स्योरेन्सको औपचारिक एकिकृत कारोबार कार्यक्रममा बोल्दै समितिका अध्यक्ष शिलवालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पैसा स्थानीय तहमा छ । अब त्यहाँ बीमा कम्पनीहरु जानू पर्छ । अब हामीले स्थानीय निकायमा रहेको रकमलाई बीमामा जोड्नु पर्छ । मैले सातै प्रदुशमा कुरा पनि गरेको छु ।’ साथै धेरैजसो बीमा कम्पनीहरुले पोलिसी कपि गर्ने गरेको समेत उनको तर्क छ ।

नेपालमा बीमा कम्पनीहरुको धेरै छ । नेपालको भूगोल अनुसार कति वटा कीमा कम्पनीहरु आवश्यक रहेको छ भन्नेबारे अध्ययन भइरहेको अध्यक्ष सिलवालले बताए । साथै उनले सात वर्षमा बीमा कम्पनीहरुको पुँजी बैंकहरुको भनद बढी पुर्याउने बताए ।

बीमा क्षेत्रमा भएको भुक्तानीको समस्याबारे बोल्दै अध्यक्ष सिलवालले भने, ‘बीमा पोलिसीहरुमा अनावश्यक सर्त राखिने गरेको छ । पोलिसीमा अनाश्यक सर्तहरु राखेका कारण बीमा भुक्तानीमा समस्या आइरहेको हो ।’

उनका अनुसार धेरै बीमा कम्पनीहरुले मर्जर जान आफै रोजेका हुन् । समितिले फोर्स गरेको पनि छैन । हामीले बीमा कम्पनीको पुँजी बढाएनौं भने सानो पुँजी भएको बीमा कम्पनीले दायित्व बहन गर्न सक्दैन । साढे २ अर्ब रुपैयाँ पुँजी भएका कम्पनीले जति एक अर्बको कम्पनीले जोखिम बोक्न नसक्ने अध्यक्ष सिलवालको भनाई छ ।

5005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका