जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको खुद नाफा २१ करोड ४३ लाख

रिलायबल नेपाल लाइफको खुद नाफा २१ करोड ४३ लाख

रिलायबल नेपाल लाइफले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशत बढी हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १ अर्ब १७ रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा रहेको छ ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका