जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकर्स संघद्वारा बैंकको सेवा नदिने निर्णय

बैंकर्स संघद्वारा बैंकको सेवा नदिने निर्णय

निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । उनले भने, ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’
काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । एसएसपी ढकाले भने, ‘हामीले आदेश बमोजिम गर्ने हो । अस्पष्ट भएका केही विषयमा भए माथिल्लो निकायमा समन्वय गर्छौं

7830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?