जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ऋणपत्र निष्काशन गर्ने

माछापुच्छ्रे बैंकले ऋणपत्र निष्काशन गर्ने

माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकको ऋणपत्रले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा असार ३१ गतेदेखि बिक्री तथा निष्काशन खुला गर्ने भएको हो । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्रमा छिटोमा साउन ४ गतेसम्म र सो अवधिसम्ममा आवेदन नपरेमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?