जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । आजदेखि बैंकको नयाँ शाखा औपचारिक रुपमा संचालनमा आएको हो ।

रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरे ।

सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

7860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका