जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालका यी १० ठूला वाणिज्य बैंकको ‘लेखापरीक्षण’ हुँदै 

नेपालका यी १० ठूला वाणिज्य बैंकको ‘लेखापरीक्षण’ हुँदै 

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सर्त अनुसार नेपालका दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण हुने भएको छ। नेपालले आईएमएफसँग लिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) का सर्तहरूमध्येको एउटा सर्त दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्नु पर्ने भन्ने थियो ।

यस्तो लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने प्रमुख सर्त रहेकाले सोहि अनुसार नै लेखापरीक्षण हुन लागेको हो। नेपालको बैंकिंगले अन्तराष्ट्रिय अभ्यासहरुको पालना नगरेको आइएमएफको जिकिर रहँदै आएको छ। नेपालका बैंकहरुले अन्तराष्ट्रिय नीति नियम अनुसार कै बैंकिंग गर्ने तर अन्तराष्ट्रिय बैंकिंग संरचना अनुसार नगर्ने गरेको आरोप नेपालका बैंकमाथि लाग्दै आएको छ। जस कारण जुन उदेश्यले कर्जा लिईएको छ, सोहि उदेश्यमा मात्र कर्जाको प्रयोग होस् भन्ने सुनिश्चितता आइएमएफले खोज्दै आएको छ।

पत्रपत्रिकाभरि लिलामका सूचना आउने तर बैंकको खराब कर्जा औषत भन्दा राम्रै देखिने जस्ता अवस्थाबाट अगाडी बढेकाले आईएमएफले नेपालका बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जा र खराब कर्जाको अवस्थाबारे आशंका व्यक्त गर्दै आएको छ।

त्यसैले आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधा दिंदा नेपालका दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने प्रमुख सर्त राखेको देखिन्छ।

आईएमएफले राखेको सर्तअनुसार नै नेपालका दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत गराउन नेपाल राष्ट्र बैंकले आन्तरिक गृहकार्यलाई तिब्रताका साथ अगाडी बढाएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

यसका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरी अन्तराष्ट्रिय स्वतन्त्र लेखापरीक्षक र लेखापरीक्षण हुने दश वाणिज्य बैंक छनौट गर्नुपर्ने हुन्छ। छनौट भएका अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले छनौट भएका दश ठूला वाणिज्य बैंकहरुको राष्ट्र बैंकले दिएको टीओआरका आधारमा लेखापरीक्षण गर्नेछ। आगामी जुनबाट १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोत बताउँछ।

स्रोतका अनुसार दश ठूला वाणिज्य बैंकको छनौटको पहिलो आधार मर्जर तथा प्राप्ति पश्चात ठूलो बनेको हुनेछ। जसअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल बैक, ग्लोबल आइएमई बैक, प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक पहिलो रोजाईमा हुने छन्।

यस अगाडी पनि सन् २०१४ मा नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय संस्था केपीएमजी र नेपालको दुईवटा स्थानिय परामर्शदातासंगको सहकार्यमा ५२ वटा बैंक वित्तीय संस्थाको बिशेष सुपरिवेक्षण गरेको थियो। त्यो बेला बैंक वित्तीय संस्थाको मात्रै नभई उनीहरुले प्रवाह गरेको कर्जाको समेत एक एक सुपरिवेक्षण गरि आवश्यकता अनुसार प्रोभिजनको निर्देशन समेत दिईएको थियो।

आईएमएफले भने यसलाई लेखापरीक्षण नभई बढी ऋण दिएका दश कमर्सियल बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ (सम्पत्तिको गुणस्तरको समीक्षा) भन्ने गरेको छ। नेपालका बैंकहरुले धेरै ऋण लगानी गरेकाले बैंकहरुले कहाँ र कस्तो क्षेत्रमा कर्जा प्रवाह गरे र त्यसको अवस्था कस्तो छ भन्नेबारे थाहा पाउनलाई दश बैंकको सम्पत्ति गुणस्तर समीक्षा गर्न भनिएको आईएमएफले उल्लेख गरेको छ ।

आइएमएफका अनुसार ठूला बैंकको समीक्षा गरेपछि यसले समग्र बैंकको तस्वीर देखाउने भएकाले समयमै जोखिमको वास्तविकता थाहा हुने र समाधानको निर्णय लिन पनि सहज हुने यसको मर्म हो।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका