जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिबको नाममा फर्म खोल्दै कारोडौंको कारोबार गर्दै

गरिबको नाममा फर्म खोल्दै कारोडौंको कारोबार गर्दै

नक्कली विल प्रयोग 23 करोड 22 लाख रुपैयाँ राजस्व छलिको आरोप किशोरी यादव र कविरन खातुन विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले नक्कली विल बनाइ राजस्व छलिगरेको अभियोगमा ललितपुर महालक्ष्मि नगरपालिको मनिष ट्रेडिङ कन्सर्न र बारा जिल्लाको साहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको  हो ।

मनिष ट्रेडिङले आर्थिक अबस्था कमजोर भएका व्यक्तिको नाममा फर्म दर्ता गरि आयात गरिएका बस्तु तथा सेवा समेत नक्कली देखाइ नक्कली विल बनाएर १३ लाख २५ हजार ८८ लाख २६३ रुपैयाँ ठगी गरेको विमागले आरोप लगाएको  छ ।

मनिष ट्रेडिङका सञ्चालक किशोरी यादवले लिहला अग्रवाल र मागैन यादवको नाममा फर्म दर्ता गरि फर्मबाट कुर्थासुरुवाल, रेडिमेड गार्मेन्ट जस्ता सामान आयात भएको देखाइ विल भने डण्डी, सिमेन्ट, फोटोकपी पेपर सामान विक्री गरेको झुठा विल बनाएर राजस्व ठगी गरेको विभागले आरोप लगाएको छ ।

त्यस्तै, बारा जिल्ला रामपुर टोकनीको साहारा एण्ड खातुन ट्रेडर्सले ९ करोड ९६ लाख ५४ हजार ७६१ रुपैयाँको नक्कली विल बनाइ ठगिगरेको आरोपमा गत  असोज १९ गते पाटन उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

6775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?