जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्यासिफिकले नेपालको ब्रोडब्यान्ड पहुँच सुधार गर्ने

क्यासिफिकले नेपालको ब्रोडब्यान्ड पहुँच सुधार गर्ने

क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समूहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत आफ्नो पहिलो ह्वाट्सएप कल पूरा गर्दै, कार्यसम्पादन मापन गर्दै, नेपालमा क्यासिफिक ब्यान्ड टर्मिनलको सफल परीक्षण गरेको छ । नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परीक्षणले के ए ब्रोडब्यान्ड सेवाको पूर्ण परिचयका लागि बाटो खोलेको हो ।

परीक्षणले ८० एमबीपीएस तल र १६ एमबीपीएस माथिको गति हाँसिल गरेको छ । नेपालको लागि हालको औसत फिक्ड ब्रोडव्याण्ड डाउनलोड स्पीड भने २४ एमबीपीएस रहेको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा केए ब्याण्ड स्पेक्ट्रम प्रयोग गर्न स्वीकृती दिएको अवस्था छ । सोही कारण क्यासिफिकलाई राष्ट्रव्यापी ब्रोडब्याण्ड सेवा स्थापना गर्न सक्षम बनाएको कार्यक्रममा बताइयो ।

क्यासिफिक सेवाको सुरुवातले विशेषगरी नेपालको उच्च हिमाली, पहाडी क्षेत्रहरुमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा सघाउनेछ । करिब ६१ हजार वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यो क्षेत्रले कुल जमिनको ४० प्रतिशत र कुल जनसंख्याको ४५ प्रतिशत ओगटेको छ ।

नेपालमा तुलनात्मकरूपमा कम जनघनत्व छ (२०५ व्यक्ति÷किमी २), र कुल २९ मिलियन जनसंख्याको २० प्रतिशत मात्र शहरी केन्द्रहरूमा बस्छन् । देशको पहाडी भूभागले जमिनमा आधारित प्रविधिहरूलाई व्यापक र भरपर्दो कभरेज प्रदान गर्न गाह्रो बनाउँछ, र देशका ठूला क्षेत्रहरू केबलमा आधारित वा निश्चित वायरलेस प्रविधिहरू प्रयोग गरेर जडान गर्न सकिँदैन । फलस्वरूप, नेपालमा इन्टरनेट पहुँच करिब ३७ प्रतिशत मात्रै छ र वार्षिक इन्टरनेट वृद्धि दर मात्र ५.५ प्रतिशत छ ।

क्यासिफिकको सफल परीक्षण र क्षेत्रीय निर्देशक धन गुरुङको ह्वाट्स एप कलपछि बोल्दै सीईओ क्रिस्चियन प्याटौक्र्सले भने, ‘यो नेपाली जनताका लागि कोशेढुंगा साबित भएको छ । कठिन भूभाग र कम घनत्वको संयोजनको अर्थ नेपालले विभिन्न प्रकारका पूर्वाधारहरु उपलब्ध गराउँन धेरै राष्ट्रहरु भन्दा धेरै कठिन चुनौतीहरुको सामना गरिरहेको छ ।’

क्यासिफिक १ स्याटेलाइटले नेपाललाई समेटेको हुनाले ब्रोडब्याण्ड टेक अप दर गति बढाउन सकिने कार्यक्रममा जानकारी दिइयो । यसले प्रतिमहिना ३१ हजार ९५० रुपियाँमा ४० एमबिपिएसको गति प्रदान गर्नेछ । नवीनतम एमडीएम २०१० मार्पmत एक सजिलो प्वाइन्ट र प्ले इन्स्टलेशनको साथमा दिईने सेवाहरु आगामी सन् २०२२ को अन्तिममा सुरु गर्ने योजना रहेको कार्यक्रममा जानकारी दिइयो ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका