जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्था सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन ..?

बैंक तथा वित्तीय संस्था सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन ..?

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार मन्त्रीपरिषदले लकडाउनलाई सहज बनाएपछि करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि पनि बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

आगामी असार ३२ सम्म सार्वजनिक बिदा परेका दिनमा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर एवं बैंक तथा क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैंकको दाबी छ

8145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका