जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धितोपत्र र नेप्सेको प्रमुख बन्न करोडौंको चलखेल !

धितोपत्र र नेप्सेको प्रमुख बन्न करोडौंको चलखेल !

सुन्दा पनि अच्चम लाग्ने हेर्दा घीन लाग्ने काम राजनीतिक नेतृत्वमा हुने गरेको फेला परेको छ । भनिन्छ
सरकारले भिष्म ढुंगानालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेसँगै बोर्ड अध्यक्ष र नेप्सेको महाप्रबन्धक पदको लागि चर्को चलखेल भएको छ । भन्दा फरक पर्दैन । धितोपत्र बोर्ड अध्यक्षको लागि ५ करोड र नेप्से महाप्रबन्धकको लागि ३ करोडको बार्गेनिङ चलेको भेटिएको छ ।

देउवा नेतृत्त्वको गठबन्धन सरकारमा कुन पार्टीले कति र कुन मन्त्रालय पाउने टुंगो लागेकाले दिनमै अर्बको कारोबार हुने सेयर बजारका नियामकको रिक्त पदको लागि लबिङका साथै पैसाको बार्गेनिङ सुरु भएको खुलेको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि यस अगाडी नेप्सेका प्रमुख भईसकेका सिताराम थपलिया, सर्वोत्तम सेयर प्रकरणका लागि नेप्सेको महाप्रबन्धक पदबाट राजिनामा दिएका चन्द्र सिंह साउद, बीमा समितिका निवर्तमान अध्यक्ष चिरिन्जीवी चापागाई, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ’आइक्यान’ पूर्वअध्यक्ष कृष्ण आचार्यको नाम चर्चामा छ ।
त्यस्तै भिष्म ढुंगानाको बर्खास्तपछि नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक काम कारबाहीको लागि निमित्त जस्तै जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरि, र बोर्डकै नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आफ्नो तहबाट लबिङ गरेको पाइएको छ । भन्दा फरक पर्दैन ।

चन्द्र सिंह साउदको राजिनामा पछि रिक्त नेप्सेको महाप्रबन्धक पदको लागि पनि धेरैले इच्छा देखाएका छन् । प्राप्त जानकारीअनुसार नेपाल इन्स्योरेन्स कम्पनीका तत्कालिन सीईओ विजय शाह, नागरिक लगानी कोषका पुर्व अध्यक्ष ऋषिराज गौतमको नाम चर्चामा रहेको छ । त्यसो त सकेसम्म धितोपत्र बोर्ड अध्यक्ष बन्नलाई लबिङ गरिरहेका चन्द्र सिंह साउदले पनि पाएमा नेप्सेमा आफ्नो कार्यकाल दोहोर्याउन चाहेका छन् । भन्दा फरक पर्दैन ।

त्यसो त नेप्सेको महाप्रबन्धक पदको लागि राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक समेत भईसकेका अर्थमन्त्री जनार्दन शर्माका भाई ओपेन्द्र शर्माको नाम पनि चर्चामा छ ।
गठबन्धन सरकार भएकाले अर्थमन्त्रीमा माओवादीको नेतृत्त्व रहेपनि कुनको शक्ति र कुरा कहाँ मिल्छ त्यहि व्यक्ति हुने सम्भावना बढी रहेको जानकार बताउँछन्। प्रधानमन्त्रीमा शेर बहादुर देउवा भएपनि उनको श्रीमतीले नियुक्ति सम्बन्धित सम्पूर्ण काम हेर्ने भएकाले धितोपत्र र नेप्सेको प्रमुखका लागि आरुजु देउवाको हाबी बढेको देखिन्छ ।

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका