जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर घटायो

एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर  घटायो

एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ ।

कुनै सयम मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने यो बैंकले ब्याजदर अहिले सबैभन्दा सस्तो ब्याजदर ब्याज दिने सार्वजानिक सूचना नै प्रकाशित गरेर जानकारी गराएको छ ।

बैंकले साधारण बचत खातामा १.५ प्रतिशत र मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने बैैंकले जनाएको छ ।

बैंकले यसअघि साधारण बचतमा न्यूनतम १.५ प्रतिशत ब्याजदर, व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो । जस अनुसार बैंकमा निक्षेपको ब्याजदर अन्तर ८.२५ प्रतिशत थियो ।

गत साता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमापिसक समीक्षा गर्दै साधारण बचत खाता र मुद्दति खाताको ब्याजदर अन्तर (स्प्रेडदर) तोकेको थियो । जारी नीति अनुसार ‘बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकको यसै नीतिमा टेकेर एनआइसी एशियाले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको हो ।

बैंकहरुले मुद्दतिमा अत्यन्तै बढी र बचतमा अत्यन्तै न्यून ब्याज दिएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउने उदेश्यले ब्याजदरमा स्प्रेड तोकेको हो । यद्यपि राष्ट्र बैंकले कार्यविधि ल्याइसकेको छैन। अन्य बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको कार्यविधि कुरेर बसेका छन् ।

 

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका