जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाईयो

प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, स्वीकृतिका लागि बीमा समिति पठाईयो

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार बीमा समितिले स्वीकृति दिएपश्चात मात्रै प्रसाईंले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका थिए ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै फागुनमा राजीनामा दिएका थिए ।

पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।

नेपाल लाइफको सीईंओ पदबाट राजीनामा दिएका प्रसाईंलाई प्रुभ लाइफले फागुन महिनामा नै सल्लाहाकारका रूपमा नियुक्त गरेको थियो ।

प्रसाईंले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीईओ पदको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका हुन् ।

2315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?