जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेयर ब्रोकर कमिशन घट्यो, अधिकतम् ०.४० प्रतिशत

सेयर ब्रोकर कमिशन घट्यो, अधिकतम् ०.४० प्रतिशत

सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।

पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । ब्रोकर कमिशन नघटाइ बोर्डका अध्यक्ष अमेरिका सयर भएको भन्दै लगानीकर्ताले केहि साता अघिमात्रै बोर्ड घेराउ समेत गरेका थिए ।

अध्यक्ष ढुंगाना स्वदेश फर्किएको एक साता पछि शुक्रबार बोर्डले कमिशन घटाउने निर्णय गरेको हो ।

हालसम्म लगानीकर्ताहरुले सेयर कमिसन वापत ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नु पर्छ । ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि पाँच लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नु पर्ने थियो ।

यसैगरी पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र एककरोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन र त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । डिपी शुल्क भनेर प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

संसाेधित व्यवस्थामा यस्ताे छः 

3500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका