जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई १० लाख प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई १० लाख प्रदान

नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा  विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’  सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टाेलीलाई सम्मान गरेकाे छ । गएकाे माघ ३ गते नेपाली टाेलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका थिए ।

बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले टाेलीलाई सम्मान गर्दै १० लाख पनि प्रदान गरेकाे छ । बैंकले एक कार्यक्रम मार्फत उक्त १० जनाकाे टाेलीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेकाे हाे ।

 

क्रूरता हिमाल उपनाम दिइएकाे केटु चढ्नलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा यसमा चढ्नलाई लगभग असम्भव रहेकाे थियाे ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ

5685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका