जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लक्ष्मी बैंकले ल्यायो स्मार्ट फोन लोन सेवा, बैंकको एपबाटै दुई लाखसम्म कर्जा लिन सकिने

लक्ष्मी बैंकले ल्यायो स्मार्ट फोन लोन सेवा, बैंकको एपबाटै दुई लाखसम्म कर्जा लिन सकिने

लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्टफोन लोन सेवा सुरु गरेको छ। स्मार्टफोन लोन एक कर्जा सम्बन्धी सेवा हो।

बैंकका ग्राहकले मोबाइल मनी एपबाटै अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनालिटिक्स सफ्टवेयरले गर्नेछ।

बैंकले यो सेवा अहिले तलब र बचत खाता हुने ग्राहकका लागि कार्यान्वयनमा ल्याएको जनाएको छ। बैंकले यो सेवा विस्तारै अन्य ग्राहकलाई उपलब्ध गराउने जनाइएको छ। यो कर्जा लिन कागजपत्र र निवेदन दिनुपर्दैन भने धितो पनि चाहिँदैन।

यो कर्जाको अधिकतम ३० दिन अवधिका लागि प्रदान गरिने र कर्जा उपलब्ध हुनेबित्तिकै ग्राहकको खातामा रकम जम्मा हुने बैंकले जनाएको छ।

7490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?