जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्य नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम आइआरडीका लागि सिफारिस भएको थियो । अर्थले मैनालीको नाम सिफारिस गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको थियो ।

तर, मैनालीको नाम स्वीकृत नभएपछि अर्थले यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई आइआरडी पठाएको हो । सामान्यतया अर्थले आफ्नो निकायका सहसचिवलाई सहजै एक निकायका कर्मचारीलाई अर्को निकायमा पठाउन सक्छ ।

तर, अर्को निकायबाट कर्मचारी ल्याउनु पर्दा भने सामान्य प्रशासनको स्वीकृति अनिवार्य चाहिन्छ । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत रहेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार राजस्व अनुसन्धान विभागबाट अर्थ मन्त्रालयको निकायमा कर्मचारी तान्न सामान्य प्रशासन मन्त्रालयको प्रक्रियामा जानु पर्ने र लामो समय आन्तरिक राजस्व विभागको नेतृत्व खाली राख्न नहुने सोचसहित अर्थले आचार्यलाई पठाउने निर्णय गरेको हो ।

सरकारलाई अहिले चुनाव र कोरोना खोपको जोहो गर्न रकमको खाँचो छ । यस अवस्थामा आन्तरिक राजस्व संकलनका लागि विभागमा तत्काल नेतृत्व आवश्यक थियो । अर्थ मन्त्रालयका प्रवक्ता डा. रामप्रसाद घिमिरेका अनुसार अहिले रिक्त रहेको आइआरडीको महानिर्देशक पदमा आचार्यलाई लैजाने निर्णय भएको छ । सहसचिव आचार्यले बिहीबार नियुक्तीको जानकारी आएको पुष्टी गरे ।

3985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका