जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल iCard”

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने “नबिल iCard”

नबिल बैंकले US Dollar Nabil iCard ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको E-commerce sites मार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै PAN Card  पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक-पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

10990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका