जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नयाँ ऋणले पुरानो तिर्ने प्रवृत्ति बढ्दै

नयाँ ऋणले पुरानो तिर्ने प्रवृत्ति बढ्दै

नेपाली बैंकिङ क्षेत्रमा कर्जा नवीकरणको अभ्यास गम्भीर समस्याका रूपमा देखा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६ ले केही बैंकहरूले ऋणीको बक्यौता सावाँ, ब्याज र जरिवाना भुक्तानी गराउन थप कर्जा प्रवाह गर्ने गरेको गम्भीर तथ्य औँल्याएको छ।

प्रतिवेदनका अनुसार विशेषगरी त्रैमासिक अवधिको अन्त्यतिर यस्तो अभ्यास बढी हुने गरेको छ। बैंकहरूले नयाँ कर्जा प्रवाह गरेर पुराना ऋण खाताहरू बन्द गर्ने वा मिलान गर्ने गरेका छन्। यस किसिमको गतिविधिले वित्तीय विवरणमा सम्पत्तिको वास्तविक गुणस्तर लुकाउने काम गर्ने राष्ट्र बैंकले जनाएको छ। नयाँ ऋणबाट पुरानो ऋण तिर्ने प्रवृत्तिका कारण खराब कर्जा (एनपीएल) वास्तविकभन्दा कम देखिने तथा बैंकको नाफा र पुँजीको अवस्था कृत्रिम रूपमा मजबुत देखिने अवस्था सिर्जना हुन्छ।

ऋणीले आफ्नो व्यवसायबाट आम्दानी गरेर ऋण चुक्ता गर्नुको सट्टा थप कर्जा लिएर पुरानो दायित्व व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दा बैंकहरूको कर्जा पोर्टफोलियोमा गम्भीर जोखिम थपिएको छ। यस्तो अभ्यासले बैंकिङ प्रणालीको पारदर्शिता र दिगोपनमा नकारात्मक असर पार्ने चेतावनी प्रतिवेदनमा दिइएको छ। सम्पत्तिको वास्तविक अवस्था लुकाउने यस्ता गतिविधिले भविष्यमा समग्र वित्तीय स्थायित्वमै असर पार्न सक्ने भएकाले कर्जा नवीकरणसम्बन्धी अभ्यासमाथि थप सूक्ष्म निगरानी आवश्यक रहेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका