जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उद्योगी व्यावसायीको आन्दोलनकै बीच सवा २० अर्बको लगानी प्रतिबद्धता

उद्योगी व्यावसायीको आन्दोलनकै बीच सवा २० अर्बको लगानी प्रतिबद्धता

उद्योगी व्यवासायीहरु लगानीमैत्री वातावरण नभएको भन्दै आन्दोलित छन। महँगो व्याजदर लगायतका कारण अहिले उद्योग व्यावसाय गर्न सकिने अवस्था नरहेको उनीहरुको भनाई छ। यता, कार्तिक महिनामा मात्रै सवा २० अर्बको स्वदेशी लगानी प्रतिबद्धता भएको छ। उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कार्तिक महिनामा मात्रै २० अर्ब २३ करोड ४८ लाख रकम बराबरको लगानी प्रतिबद्धता सहित १६ उद्योगहरु दर्ता भएका छन्।

जसमध्ये ठुला उद्योगहरु ५ वटा मात्रै रहेका छन्। यद्यपी यी कम्पनीहरुले गरेको प्रतिबद्धता गरेको लगानी रकमको हिस्सा कार्तिकमा लगानी प्रतिबद्धता भएको कुल रकमको ९५ प्रतिशत हो। अर्थात ठुला उद्योगका लागि १९ अर्ब ३८ करोड ६० लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको हो। यी उद्यागीहरुले कुल ७९४ जनालाई रोजगारि दिने जनाएका छन्।

ठुलो उद्योग अन्तर्गत रहेर ४ वटा उर्जा परियोजनाको लागि १८ अर्ब २७ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ भने पर्यटन क्षेत्र सँग सम्बन्धित एक परियोजनाको लागि १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ।

त्यसैगरी उत्पादन मुलुक क्षेत्रसँग सम्बन्धित ७ वटा र कृषि तथा वन पैदावारमा आधारित, सूचना, संचार तथा प्रसारण प्रविधिमा आधारित, खनिजर र सेवामूलकमा १/१ वटा परियोजनाको लागि लगानी प्रतिबद्धता भएको हो।

उर्जा सम्बन्धित ४ वटा परियोजना दोलखा, म्याग्दी, रसुवा र सोलुखुम्बुमा १/१ वटा सञ्चालित हुने गरि लगानी प्रतिबद्धता गरेका छन्। अन्य योजनाहरु बारा, काठमाडौँ, बर्दिया, ललितपुर, मकवानपुर, नवलपरासी, पर्सा, रुपन्देहिमा सञ्चालन हुने छन्।

उद्योग विभागका अनुसार यो चालु आर्थिक वर्षमा कुल १०२ वटा उद्योग अर्थात परियोजनाहरु दर्ता भएका छन्। जसबाट ९६ अर्ब ८७ करोड ६१ लाख बराबरको लगानी प्रतिबद्धता भएको छ। ठुला उद्योगको लागि ८६ अर्ब २८ करोड, मध्यमको लागि ७ अर्व ६९ करोड र सानाको लागि २ अर्ब ८९ करोड ८० लाख रुपैयाँ भन्दा बढीको लगानी प्रतिबद्धता भएको हो।

1770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका