जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने समझदारी

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने समझदारी

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल) र नेप्सबीच गाभ्ने तथा प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ ।

एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो ।एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीवकुमार श्रेष्ठ बीचउक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा निलम ढुंगाना तिमसिना लगायतको उपस्थिति थियो। ती कम्पनीहरुले बैंक वित्तीय संस्थाहरुको प्रबर्द्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिमा विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका छन् ।
विसं २०६५ पुस ८ गते स्थापित एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, आरपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्टस इन्टरफेस(एनपीआई) र नेपाल पे क्यूआर जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढि अन्य संस्था÷निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

उता विसं २०६९ फागुन १८ गते स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागि केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ ।
नेप्स अन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाहरुको १ हजार ६०० भन्दा धेरै एटीएम, ९ हजारभन्दा बढि पीओएसमार्फत् सेवा प्रदान गर्ने, र ई- कमर्स कारोबारको लागि एसीएस थ्रीडी सेक्योरलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका