जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • बीमा कम्पनीमा कार्यरत कर्मचारीको सम्पुर्ण खर्च बीमा कम्पनीले नै बेहोर्नु पर्ने

बीमा कम्पनीमा कार्यरत कर्मचारीको सम्पुर्ण खर्च बीमा कम्पनीले नै बेहोर्नु पर्ने

बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएमा सम्पुर्ण खर्च कम्पनी आफैले बेहोर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई पिसिआर परिक्षण शुल्क लगायत सम्पुर्ण खर्च बेहोर्न निर्देशन दिएको हो ।

कम्पनीहरुले कर्मचारीलाई घर, अस्पताल वा होटलमा आईसोलेसन वा क्वारेन्टीनमा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । साथै, आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालयमा फर्कदा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउनु पर्नेछ ।

आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरिक्त विदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । यस निर्देशन सँगै बीमा कम्पनीका कर्मचारी यदि कोरोना संक्रमणबाट आईसोलेसन बस्नु पर्यो भने अन्य विदाबाट कटौती गर्न पाइने छैन ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिम बढ्दै गईरहेको सन्दर्भमा कम्पनीमा कार्यरत कर्मचारीहरुमा संक्रमण जोखिम उच्च हुने देखिएकोले यस्तो निर्देशन दिइएको समितिले जनाएको छ ।

9105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर