जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आईसीएफसी फाइनान्स कम्पनी विश्लेषण

आईसीएफसी फाइनान्स कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा आइतवार रु. २२ ले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ४३९ पुगेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. १७ करोड २९ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १० करोड ७३ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रु. १० करोड ३० लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

चुक्ता पुँजी रु. १ अर्ब २२ करोड ४२ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ३४ करोड ३६ लाख र रिटेन्ड अर्निङमा रु. १० करोड ३० लाख सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १५ दशमलव ४५ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २३ दशमलव १६ पुगेको हो । त्यसैगरी मूल्य आम्दानी अनुपात १४ दशमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रु. १३८ दशमलव १७ रहेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ ।

यसलाई कारोबारले पनि साथ दिएको छ । आरएसआई ओभरबौज्ट जोन ८२ दशमलव ३५ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १२ दशमलव ९८ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतवारको शेयर मूल्य रु. ४३९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४१५ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

6570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका