जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक

शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गरेको छ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक  सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए ।

8700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका