जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • दुई कम्पनीले बोलाए साधारण सभा

साधारण सभा

दुई कम्पनीले बोलाए साधारण सभा

दुई कम्पनीले बोलाए साधारण सभा

आइतवार दुई कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् । नाडेप लघुवित्त र सानिमा लाईफ इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्न लागेका हुन । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैटौं वार्षिक साधारण सभा जेठ २३ गतेको लागि तय गरेको हो । रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने तयारी नाडेपको छ ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै सोही दिन आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा आव्हान गरिएको हो ।

कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । आईपीओ पस्ताव सहित आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

साथै सञ्चालन समितिको सदस्यहरुको बैठक भक्ता तथा अन्य सुविधाहरुको पुनरावलोकन गर्ने विषयमा पनि सभाका लागि तय भएको छ ।

2455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका