जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने

१ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने

असार १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनाम बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज भएको उल्लेख जनाएको छ । यस अघिको सो प्रवधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालय बाहेक उपत्यका ३ जिल्ला ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानीय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरिरहेका थिए ।

सीमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भिड बढ्न गएको हुँदा कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्यव गरी सञ्चालन गर्नु पर्नेछ । शाखा कार्यालयमा आवश्यकता अनुसार कर्मचारी उपस्थीति हुन सक्ने छन् भने, केन्द्रीय कार्यालयका हकमा भने एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्नु पर्नेछ ।

सूचनामा बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनिकरणको आवश्यक उपायहरु अबलम्वन गर्नुपर्ने छ । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनुपर्ने छ ।

यस्तै राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्न समेत आग्रह गरेको छ । सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यालयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नुपर्नेछ ।

6825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका