जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकिङ कसूर मुद्दामा फरार शशी शर्मा पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार शशी शर्मा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ भदौ ७ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको

प्रहरीले चन्द्रागिरी नगरपालिका १५ सतुङ्गलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । यसैगरी बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका ६ थानकोट बस्ने कास्की मादी गाउँपालिका ७ बस्ने ५८ वर्षीय नरायण भण्डारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  काठमाडौं महानगरपालिका १६ बालाजु चोकबाट उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका