जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ्ग

आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ्ग

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउने कम्पनीको भनाइ छ ।

कम्पनीले रु. ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अब कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १२० वटा शाखा कार्यलयबाट बीमीतहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा १८ हजारभन्दा धेरै अभिकर्ताहरु आबद्ध छन् ।

कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एपमा राखिएको च्याटबोटमा मार्फत् बीमित तथा अभिकर्ताका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो ।

कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ गु्रप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरुको लगानी रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशनपछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

5695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका