जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • युनियन लाइफ र एभरेष्ट इन्स्योरेन्सको सीईओको कार्यकाल ४ वर्ष थपिदै

युनियन लाइफ र एभरेष्ट इन्स्योरेन्सको सीईओको कार्यकाल ४ वर्ष थपिदै

युनियन लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल थप हुने भएको छ ।

युनियन लाइफ इन्स्योरेन्सको सीईओ मनोजकुमार लाल कर्णको ४ वर्षे कार्याकाल यही असारमसान्तमा सकिँदैछ । त्यसैगरी एभरेष्ट इन्स्योरेन्स सीईओको कमल गौतमको कार्यकाल यही असार १५ गते सकिँदै छ । उनलाई सीईओ नियुक्तीको लागी संचालक समितिले २ साता अघिनै बीमा समिति पठाएको थियो ।

गरिएको गरिएको छ । कम्पनीको संचालक समितिको निर्णयले युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्ण र एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमको कार्यकाल थप गरिएको हो ।

कर्णको कार्यकाल अषाढ मसान्त र गौतमको कार्यकाल अषाढ १६ गते सकिँदैछ । दुवै कम्पनीको सीईओको कार्यकाल सकिनु अघि नै कार्यकाल थप र्ने निर्णय भएको बीमा समिति स्रोतले बताएको छ ।

दुवै कम्पनीले सीईओको कार्यकाल थप गर्दै बीमा समितिको स्वीकृतिका लागी समितिमा पत्र पठाएको छ । बीमा समितिले स्वीकृति दिएपछि कार्यकाल थप हुनेछ । बीमा समितले दुबै सीईओको कार्यकाल ४ वर्ष थप्ने संचालक समितिको निर्णय सदर गरेको छ ।

को हुन्, मनोज कर्ण ?
कम्पनीको सञ्चालक समितिले २०७४ साउन महिनामा कर्णलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको थियो । बीमा क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेका कर्ण युनियन लाइफमा आएपछि पुराना जीवन बीमा कम्पनीलाई पछि पार्न सफल भएका छन् । युनिनय लाइफ इन्स्योरेन्सले २०७४ असोज ४ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका रुपमा रहेको कर्णले एमबिए गरेका छन् ।

को हुन्, कमल गौतम ?
सीईओ कमल गौतम नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनबि बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ । इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा समेत काम गरेका थिए ।

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसिसि बैंकमा गाभिए प्रश्चात नायव महाप्रवन्धकबाट गौतमले अवकास लिएका थिए । करिब ३ दशकको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । उनि ४ वर्षअघि एभरेष्ट इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए ।

5765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका