जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आम्दानीमा देखिएको उल्लेख्य सुधारले ६२ प्रतिशत बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा

आम्दानीमा देखिएको उल्लेख्य सुधारले ६२ प्रतिशत बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा

गत आर्थिक वर्षको अन्त्यसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२ प्रतिशत बढेको छ। पोहोर असारमा १ अर्ब ३९ करोड रुपैयाँमा सिमित बैंकको खुद नाफा यसपाली २ अर्ब २६ करोड रुपैयाँ छ। जुन ६२.२७ प्रतिशतको वृद्धि हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि उल्लेख्य बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत बढेको हो।

समिक्षा अव्दिमा बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशत बढेको छ। निक्षेपको अनुपातमा ऋण बिस्तार बढ्दा आम्दानी बढेको हो।

बैंकले ऋण बढाएतापनि कर्जा जोखिम व्यवस्थपन बापत छुट्याएको रकममा भने घटेको देखिन्छ। परिणाम स्वरूप सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको हो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ। जसको आधारमा बैंकले गत आर्थिक वर्षका लागि झन्डै १७ प्रतिशत लाभांश दिने क्षमता राख्छ। सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ।

2445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका