जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.मा औपचारिक उद्घाटन

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.मा औपचारिक उद्घाटन

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.को औपचारिक उद्घाटन समारोह आइतबार यू.के.को रेडिङस्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यू.के.का लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथीका रूपमा रहेका थिए ।

साथै एनआरएन यू.के.का अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध–निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के. लिमिटेडका प्रबन्ध–निर्देशक करमबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.ले आफ्नो सेवा मोबाइल एप्लिकेशन र अनलाइन बाहेक यू.के.भर आफ्ना प्रतिनिधिमार्फत पनि दिने योजना बनाएको छ । यसका साथै छिट्टै नै यू.के.बाट नेपालमा मात्रै सीमित नभई विश्वभर विप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउँदै नेपालको सात हजारभन्दा बढी एजेण्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

7855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?