जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीले थाले देशव्यापी आन्दोलन

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीले थाले देशव्यापी आन्दोलन

विज्ञप्ति जुहारीका कर्मचारीहरू आन्दोलित, माछापुच्छ्रे बैंकका कर्मचारीद्वारा देशभर कालो ब्यानर देखाएर विरोध

काठमाडौं । बैंक तथा वित्तीय संस्था र सामाजिक सुरक्षा कोषको निरन्तर विवाद चलिरहेको छ । केहीदिन अघि दुवै संस्थाबीच विज्ञप्ति जारी गर्ने जुहारी चलेको थियो भने अब बैंकका कर्मचारीहरू सडकमा नै उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा आवद्ध हुन निर्देशन दिएको छ भने बैंक तथा वित्तीय संस्थाले भने सामाजिक सुरक्षा कोषको उक्त कदमको विरोध गर्दै आएका छन् ।

मंगलबार सामाजिक सुरक्षा कोषको विरोध गर्दै माछापुच्छ्रे बैंकका कर्मचारीले आन्दोलन नै गरेका छन् । सामाजिक सुरक्षा कोषसँग पटकपटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन नै गर्नुपरेको माछापुच्छ्रे बैंक कर्मचारी संघका अध्यक्ष तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकाश श्रेष्ठले बताए । मंगलबार शान्तिपूर्ण तरिकाले कालो ब्यानर देखाएर चेतावनी दिएको र भोलिका दिनमा नेपाल वित्तीय संस्था कर्मचारी संघले नै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

अध्यक्ष श्रेष्ठले भने, “यो सुरुवात हो, यो सचेत मात्रै गराएको हो, वार्ता गरेको यत्रो वर्ष भइसक्यो कुनै निक्र्याैल नै आएन, त्यसैले चेतावनी स्वरुप माछापुच्छ्रे बैंक लगायत सम्पूर्ण प्राइभेट बैंकको तर्फबाट सुरुवात भएको हो, यो चाही छिटोभन्दा छिटो अमिल्दो नियमहरू समाधानस्वरुप आन्दोलन शुरु गरेको हो ।”

यसअघि नै नेपाल वित्तीय संस्था कर्मचारी संघले सरकारको नीति नियम अनुरूप व्यवसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरूलाई उनीहरूको खाईपाई आएका सेवासुविधाहरु कटौती हुनेगरि जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।

5805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका