जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बोर्डसँगको लफडाले सेञ्चुरी बैंकमा कार्यकाल बाँकी छँदै बाहिरिए गौतम

बोर्डसँगको लफडाले सेञ्चुरी बैंकमा कार्यकाल बाँकी छँदै बाहिरिए गौतम

कार्यकाल सकिन नौं महिना बाँकी छँदा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तुलसीराम गौतम बाहिरिएका छन्।

उनले आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन्। गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो।

सञ्चालक समितिसँगको लफडाले उनले बीचमै बैंक छाडेका हुन्। स्रोतका अनुसार, उनलाई सञ्चालक समितिले केही ब्यवसायिक लक्ष्यहरु दिएको थियो। ती लक्ष्यहरु हाँसिल भएका थिएनन्। गौतमले कोभिडका कारण लक्ष्यमा पुग्न नसकेको बताउँदै आएका थिए।

गौतम माछापुच्छ्रे बैंकको पनि प्रमुख कार्यकारी भएका थिए। त्यहाँबाट बाहिरिएपछि डेढ बर्ष उनी खाली थिए। त्यसपछि सेञ्चुरी आएका थिए।

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ।

बैंकिङ क्षेत्रमा उनको पुगनपुग ४० बर्षको अनु्भव भइसकेको छ। सुरुमा उनले नेपाल बैंकबाट सेवा सुरु गरेका थिए। त्यसपछि तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए।

10330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?