जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • उधारो बीमा पोलिसी बिक्री नगर्न सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

उधारो बीमा पोलिसी बिक्री नगर्न सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

बीमा समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई उधारो पोलिसी जारी नगर्न निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीमा लामो समयदेखि विक्रितिको रुपमा रहेको उधारोमा पोलिसी बिक्री गर्ने कार्यलाई यस पटक बीमा समितले नजिकबाट नियाल्ने भएको छ ।

विकास आयोजनाको ठेक्कामा गरिने इन्जिनियरिङ लगायतका बीमामा उधारो बीमाको मात्रा बढी छ । विभिन्न परियोजना, ठेक्का पट्टाका ठेकेदारले औपचारिकाका लागि उधारोमा बीमा गर्ने गरेका छन् । यस्ता क्षेत्रमा प्राय दाबी पर्दैन । यदि दाबी परिहाल्यो भने बल्ल बीमा शुल्क भुक्तानी हुने गरेको पाइन्छ । यसका लागि उधारोमा चेक काटेर राख्नेसम्मका गलत काम हुने गरेको पाइन्छ । कतिपय कम्पनीहरुमा सरकारले अनिवार्य गरेको सवारी साधनको बीमामा पनि उधारो पोलिसी बिक्री हुने गरेको भेटिएको छ ।

उधारो बीमा गर्ने वा चेक मार्फत प्राप्त हुने बीमाशुल्क बापतको रकम बीमकको बैंक खातामा प्राप्त नभैकन बीमालेख जारी गर्ने जस्ता गतिविधि बीमकहरुबाट भइरहेको भन्ने उजुरी र गुनासाहरु प्राप्त भइरहेको भन्दै यस्तो कार्य नगर्न समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई परिपत्र गरिएको छ ।

बीमा ऐन २०४९ तथा बीमा नियमावली २०४९ का प्रावधान अनसार ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्रपात नभएसम्म बीम जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्रहण गरे बापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ’ भनिएको छ । यदि कुनै कम्पनीले यसरी पोलिसी जारी गरेको खण्डमा गैर कानुनी मानिने भएकाले यस्तो कार्य नगर्न प्रमुख कार्यकारी अधिकृतहरुलाई ध्यानकार्ण गरिएको समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले जानकारी दिए ।

कानुन विपरितका त्यस्ता गतिविधिहरु हुन नदिने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतहरुको भएको हुँदा यसतर्फ चनाखो हुन र कानूनले निर्धारण गरिदिएको व्यवस्था पालना गर्न र गराउन ध्यानाकर्षण गरिएको छ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको अन्तिममा धेरै बीमा शुल्क आर्जन भएको देखाउन तथा बीमा गर्नु पर्ने बाध्यतालाई पालना मात्रै गराउन उधारोमा पोलिसी जारी गर्ने गरेको पाइन्छ ।

आर्थिक वर्ष सकिन लागेकोले अव बीमा समितिले सम्पुर्ण कम्पनीहरुको गतिविधिलाई नजिकबाट निगरानी गर्ने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । यसका लागि समितिले नियमित जसो कम्पनीहरुको निरिक्षणमा निस्किने तयारी गरेको छ । आर्थिक वर्ष सकिन अव १० दिन मात्रै बाँकी छ । यस अवधिमा करौडौ रुपैयाँको पोलिसी जारी हुने गरेको पाइन्छ ।

6290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका