जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सेयरधनीलाई लाभांश नबाँड्ने ज्योति लाइफ इन्स्योरेन्सको निर्णय

सेयरधनीलाई लाभांश नबाँड्ने ज्योति लाइफ इन्स्योरेन्सको निर्णय

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले आइपिओ निष्काशन पछिको पहिलो वर्षमै १० प्रतिशत बोनस शेयर दिएको ज्योतिले यस आर्थिक वर्षका लागि भने शेयरधनीहरुलाई लाभांश नदिने निर्णय सहिति वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ ।

कम्पनीको साउन २० गते दिउँसो साढे एक बजे कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको सञ्चालक समितिको ११३ औ बैठकबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन परित गरि स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले सूर्या लाइफ सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । मर्जर प्रकृयाँमा गएकाले पनि कम्पनीले यस वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो । कम्पनीले केहि दिन अगाडी नै बीमितहरुको बोनसदर तालिका सार्वजनिक गरिसकेको छ ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?