जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइतवारदेखि नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार

आइतवारदेखि नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार

युनाइटडे फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी नबिल बैंकले असार २७ गते आइतवारदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । दुबै कम्पनीले असार ५ गते विशेष साधारण सभा सम्पन्न गरी प्राप्ती सम्बन्धी प्रस्तावलाई अन्तिम रुप दिएका थिए ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते प्राप्तीका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै नबिल र युनाईटड फाइनान्स एक भएर काराबोर सुरु गर्न लागेका हुन ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ती गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

हाल नबिल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रहेको छ भने युनाइटेड फाइनान्सको रू. १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी रू. १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडको वितरणयोग्य नाफा रू. ३ अर्ब ८० करोड २४ लाख ९५ हजार रहेको छ । नबिलले यस वर्ष रू. ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार खुद नाफा गरेको छ । रिटर्न अर्निङ सहित बैंकको जगेडा कोष रकम रू. १७ अर्ब ५२ करोड ६८ लाख  ३० हजार रहेको छ ।

यस वर्ष रू. २ खर्ब ८ अर्ब ३३ करोड ३८ लाख १८ हजार निक्षेप संकलन गरेको नबिलले रू. १ खर्ब ८६ अर्ब १९ करोड ३१ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ४० रहेको छ ।

त्यस्तै तेस्रो त्रैमाससम्म युनाइटेड फाइनान्सको वितरणयोग्य नाफा रू. ४ करोड ७३ लाख ५४ हजार रहेको छ । उक्त अवधिसम्म यस कम्पनीले रू. ८ करोड १६ लाख ५९ हजार खुद नाफा गरेको छ । युनाइटेड फाइनान्सको शेयर प्रिमियम रकम रू. १५ करोड ८६ लाख ८४ हजार, रिटर्न अनिङ्ग रू. १६ करोड ६८ लाख ६१ हजार र रिजर्भ रू. २९ करोड ३६ लाख ३९ हजार रहेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म रू. ८ अर्ब ३७ करोड ४४ लाख ६९ हजार निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ६३ करोड ५९ लाख ५२ हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको छ ।

5230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका